रौतहट,५ मंसिर ।
मंन्त्रिमंण्डल हेरफेर प्रति असन्तुष्टि जनाएका नेकपा नेता प्रभु साहलाई नेकपाका अर्का नेता विष्णु रिजालले कडा जवाफ फर्काएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन प्रति नेकपाका प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले बिहीबार आक्रोशित हुँदै सामाजिक सञ्जाल फेसबुकमा मन्त्रिपरिषद् पुनर्गठनबाट आफू लज्जित भएको टिप्पणी गरेका थिए ।
भने प्रभु साहले भने कार्यसम्पादनको आधारमा मंन्त्रिपरिषद पुर्नगठन गर्ने भनिएपनि अन्तत गुटगत, पुर्बाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्रि हटाउदा वा राख्दा सामान्य कम्युनिष्ट मुल्य मान्यता पनि लागु भएको देखिएन । योग्यहरु लाई हटाउने र अयोग्य लाई मन्त्रि बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लज्जित भएका छौ भनिएको छ ।

प्रदेश अध्यक्ष साहको टिप्पणी नेकपा नेता बिष्णु रिजालले पनि सामाजिक सञ्जाल फेसबुक बाटनै कडा जवाफ दिएका छन । विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले पार्टीका केन्द्रिय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ । मंन्त्रिका लागि अपेक्षा वा दौडधुप गर्नु एउटा कुरा हो । तर निर्णय भैसकेको पछि लेनदेनकै आधारमा गरेको भन्नु आपतीजनक छ । कसैले उहा संग यति लेनदेन गरेपछि मंन्त्रि बनाईदिन्छु भनेको थियो भने बेग्लै कुरा हो नत्र यति हावादारी कुरा गर्न कसरी मिल्छ ? पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहिन अभिब्यक्ति बिरुद्ध ध्यान जान जरुरी छ । अं साच्चै काशी तिबारी हत्याकाण्डको फाईल पनि खुल्न लागेको हो र ? सभामुख माथी त निर्मम रुपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है । भन्ने स्टाटस लेखिएको छ ।

स्मरण रहोस बिष्णु रिजालको स्टाटसले बीरगजको काशी तिवारी हत्याकाण्डलाई सम्झाएको देखिन्छ भने प्रभु साहको स्टाटसले मुलुक हाक्ने केही मंन्त्रि अयोग्य रहेको देखिन्छ ।
हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो ।
बिष्णु रिजाले उठाएको तिवारी हत्याकाण्ड ? हिन्दु युवा संघ पर्साका तत्कालीन अध्यक्ष काशी तिवारीको वीरगञ्जमा भएको गोली हानी हत्या काण्डमा प्रभु साहलाई जोडिए पनि सरकारी वकिलको कार्यालय बीरगजले उनको नाम अभियोजन पत्रमा हटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here