रौतहट, ५ मंसिर ।
कार्तिक ३० गते देखि भई रहेको राष्टिय जनता पार्टी नेपाल रौतहटको जिल्ला सम्मेलन आज त्रिपक्षिय रुपमा सम्पन्न भएको छ ।
कार्तिक ३० गतेबाट समान्य हिसाबले सुरु भएको राजपा नेपाल रौतहटको जिल्ला सम्मेलन विवादीत बन्दैं गए पछि आज तिन धारमा सम्पन्न भएको हो ।
सहमतिय प्रणालीका अभाष गरिरहेका राजपाका जिल्ला सम्मेलनका पर्यवेक्षकको प्रयास असफल भए पछि मंसिर १ गतेबाट राजपा रौतहट तिन धारण हुन गएको थियो ।
पहिलो चरणमा नै भिन्न भई रामजानकी धर्मशाला गौरमा भेला गरेका प्रदेश सांसद बाबुलास साहसंगको जिल्लाका अध्यक्ष मण्डलका चार सदस्यहरुले राम प्रवेश दासलाई अध्यक्षमा बिहीबार विहान मनोनित गरेको छ ।
मंसिर २ गते सम्म एकै ठाउमा रहेको गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताका पक्ष मंसिर ३ गतेबाट विभाजित भई बिहीबार नै गौर नगरपालिकाको सभाहलमा जिल्ला सम्मेलन गर्दै शेख जमसैदलाई अध्यक्षमा मनोनित गरेको हो ।
अर्का तर्फ कार्तिक ३ गते पछि लगातार कसरतमा रहेका सांसद अनिल कुमार झा पक्षकाहरुले गौर राइस मिलको सभाहल केन्द्रिय पर्यवेक्षक सुनिल रोहितको निर्देशनमा बहुमतिय प्रणालीमा निर्वाचन गराउदैं लिला प्रसाद साह तेलीलाई चयन गरेको छ ।
केन्द्रिय पर्यवेक्षक सुनिल रोहितका अनुुुसार लगातार सहमतिको प्रयास गरिएको र अन्तत आफु सहमति गराउन असफल भए पछि मतदान प्रत्रियामा गई मंसिर ३ गते मतदानको लागि उम्मेदवारी दर्ता गराई आज बिहीबार मंसिर ५ गते मतदान गराएको बताए ।
आज सम्पन्न मतदानमा रहेका दिन जना उम्मेदवारमा शेख जमसैदले ६, दिनेश ले ३ र लिला प्रसाद साह तेलीले १३४ मत ल्याएकोले उनलाई नै जिल्ला तर्दस समितिको अध्यक्ष घोषणा गरिएको जानकारी समेत गराएका छन् ।
राजपामा भएको त्रिपक्षीय सम्मेलन्नमा कसले अधिकारीकता पाउने हो भन्ने विषयमा तिनै पक्षधरहरुले आफुले नै पाउने दावी गरेका छन् ।
यो सम्मेलनलाई अन्य पार्टीहरुले निगरानीका साथ हेरिरहेका छन् भने सर्वसाधारणमा पार्टी प्रतिको विश्वास घटने देखिएको छ ।