रौतहट,५ मंसिर ।

रौतहटको चन्द्रनिगाहपुरमा स्वार्गिय सन्तदास कार्की (दासबुवा) तथा स्वार्गिय रामकुमार कोईराला स्मृती प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ । खेलकुद स्वास्थ्यका लाागि स्वास्थ्य जनशक्ति सम्बृद्ध राष्ट्रका लागि भन्ने मुल नाराका साथ क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य धनलाल ठोकर र नेकपा रौतहटका जिल्ला ईन्चार्ज युवराज भट्टराई समिरले गर्नुभएको हो । प्रतियोगिताको मुल उदेश्य समाजलाई चिनाउने प्रभुद्धव व्यतिmत्व स्वर्गिय सन्तदास कार्की (दासवावु) र स्वर्गिय रामकुमार कोईराला योगदानको स्मरण गर्नु रहेको प्रतियोगिता मुल समितिका संयोजक देवराज कार्कीले बताउनुभयो । सो उद्घाटन सत्रमा अखिल नेपाल फु्टवल संघ प्रदेश नं। २ का संयोजक नेपाल कार्कीले स्वागत मन्त्वय राख्नुभएको थियो । प्रतियोगितामा पर्सा, धनुषा, महोतरी, सर्लाही, रौतहट, सिराह, बारा र सप्तरीबाट खेलामा सहभागिता रहनेछ । पहिलो संस्करणको पहिलो खेल पर्सा र धनुषा बीच खेल भएको छ । मंसिर ६ गते रौतहट र सिराह, ७ गते सर्लाही र महोतरी, र ८ गते बारा र सप्तरी बिच हुने आयोजकले जनाएको छ । सेमिफाईनल ९ र १० गते हुने र फाईनल खेल १२ गते हुने जनाईएको छ । प्रदेशको ८ वटा जिल्लका क्रिकेट खेलाडीको सहभागिता रहने प्रतियोगिताको खेल चन्द्रपुर ६ मा रहेको स्वर्गिय शेर बहादुर दर्लामी खेल मैदानमा शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here