file photo.

काठमाण्डौं, ४ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीलाई हटाई, केहीलाई नयाँ नियुक्त र केही को जिम्मेवारी हेरफेर गरि मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
प्रधानमन्त्रीले बुधवार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक नगरे पनि राष्ट्रपति कार्यालयमा भने पठाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको जानकारी दिए । बिहीबार विहान सपथग्रहण राखिएको समेत उनले बताए ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।
हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् । यादव हाल भारत भ्रमणमा रहेका छन् ।
प्रस्तावित मन्त्रीहरुमा बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, घनश्याम भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मोति दुगडको नाम प्रधानमन्त्रीले राष्ट्रपति समक्ष पठाएका छन् । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।
लेखराज भट्ट, रामेश्वर राय यादव, विमला राई लगायत केहीको मन्त्रालय खुलेको छैन । प्रधानमन्त्री निकट स्रोतका अनुसार ईश्वर पोखरेल, रामवहादुर थापा बादल, प्रदिप ज्ञवाली, वर्षमान पुन, गोकुल बस्कोटा र योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।
सभामुख निर्वाचनका बेला थप मन्त्रीहरुको हेरफेर हुने स्रोतले जनाएको छ । संभार अनलाईन खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here