काठमाडौं, ४ मंसिर।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाकी अवधिको लागि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ ।
नेकपा सचिवालयको बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीलाई मन्त्रीपरिषद पुनगठनको जिम्मेवारी दिए संगैं अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । थप केही मन्त्री हट्ने भनिए पनि को को हटने भन्ने टुंगो लागेको छैन ।
संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्न सक्ने स्रोतको दावी छ ।
आज पुर्नगठन हुने भनिएको मन्त्री परिषद भोली बिहीबार मात्र हुने गरि नेकपा सचिवालयको बैठक सकिएको छ।
नयाँ मन्त्रीबारे टुंगो नलागेको आज मन्त्रीपरिषदको पुर्नगठन नभएको उच्च स्रोतले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here