रौतहट, ३ मंसिर ।
पुर्व प्रधानमन्त्री एवम समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपा र नेपाली काँग्रेसलाई भ्रष्टाचारीहरुको संज्ञा दिएका छन् ।
रौतहटको गढीमाई नगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा आफना पार्टीका वडा अध्यक्षका उम्मेदवार दिनेश दासको चुनावी प्रचार सभामा आएका डाक्टर भट्टराईले सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस र सतासिन पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भ्रष्टाचारीहरुका पार्टी रहेको आरोप लगाउदैं उक्त पार्टी परित्याग गरि सबैलाई समाजवादी पार्टीमा आउन आग्रह गरेका छन् ।
अध्यक्ष भट्टाईले आफु पनि कम्युनिष्ट रहेको तर कम्युनिष्टहरु पछिलाई दिनमा कमाउनिष्ट हुन थालेको देखेर समाजवादीको धारा अंगिकार गरि समाजवादी पार्टीको निर्माण गरेको समेत बताए ।
नेपाली काँग्रेस वा नेकपाले मधेशी,जनजाति,आदीवादी तथा दलितहरुको लागि हाल सम्म केहि नगरेको र अगामी दिनमा पनि नगर्ने भएकाले आफुहरुलाई रोज्न सबैलाई आग्रह समेत गरे ।
राजपा नेपालसंगको एकिकरणबारे बोल्दैं डाक्टर भट्टराईले राजपाका साथीहरुलाई मात्र नभई लिम्बुवान, खुम्बुवान तथा अन्य साना पार्टीका सार्थीहरुलाई आफुहरु एकठाउँमा एक ढिक्काका भए अधिकार लिन सजिलो हुने र सोको लागि पहिला पनि आफुले एक हुन भन्नेको र आज पनि भनि रहेको जिकिर गरे ।
चुनावी सभामा प्रदेश राज्यमन्त्री योगेन्द्र राय यादव, राष्टिय सभा सदस्य रामपृत पासवान, जिल्ला इन्जार्च बृज किशोर यादव, सह इन्र्चाज विरेन्द्र राय यादव, गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव, देवाही गोनाहीका मेयर तथा पार्टीका जिल्ला संयोजक धर्मेन्द्र प्रसाद पटेल, बौधिमाई नगरपालिकाका मेयर राजिव रंजन यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन युवा नेता जयनाथ यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here