रौतहट, ३ मंसिर ।
प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफनो पार्टीले दक्ष र विशेषज्ञ नेता पाएकाले अबका दिनमा आफनो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् ।
गढीमाई नगरपालिकाको वडा नं.२ का लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका दिनेश दासको चुनावी प्रचार सभा सुन्दरपुर आएका राज्यमन्त्री यादवले अन्य पार्टी भन्दा आफना पार्टीमा दक्ष,अनुभवी तथा विषेशज्ञका रुपमा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पाएको र वहाँहरुले कल्पना गरेको समाजवादले मधेश देखि पहाड र हिमालका सबै वर्ग र समुदायको लागि काम गरि पार्टीलाई एक नम्बरमा पुरयाउने विश्वास व्यक्त गरे ।
डाक्टर भट्टराईलाई एसियाकै उत्कृष्ट नेताको भन्दैं राज्यमन्त्री यादवले आफनो पार्टी देश विकासका सबै खाकाहरु तयार समेत गरि सकेको ठोकुवा गरे ।
नेकपा र नेपाली काँग्रेसलाई जिताएर केही फाइदा नहुने भन्दैं आफना पार्टीका उम्मेदावर तथा अनाथ दिनेश दासलाई पंजाछापमा मतदान गर्न सबैमा आग्रह समेत गरे ।
चुनावी रैलीमा समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, राष्टिय सभा सदस्य रामपृत पासवान, जिल्ला इन्जार्च बृज किशोर यादव, सह इन्र्चाज विरेन्द्र राय यादव, गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव, देवाही गोनाहीका मेयर तथा पार्टीका जिल्ला संयोजक धर्मेन्द्र प्रसाद पटेल, बौधिमाई नगरपालिकाका मेयर राजिव रंजन यादव, युवा नेता जयनाथ यादव, विन्देश्वर राय यादव लगायतको सहभागिता रहेको थियो ।