रौतहट,१ मंसिर ।
प्रदेश नं. २ को सरकारले आफुहरुबारे गम्भीर नभएको नहुनुका साथै आफुहरुको कुरा नसुनेको आरोप गुनोसो पोखेका छन् ।
जमिअत उलमाए नेपालको १० औं बार्षिक भेला सम्पन्नका क्रममा रौतहटको चन्द्रनिगाहपुरमा शनिवार मुस्लीम अगुवा तथा जमिअत उलमाए नेपालका केन्द्रीय महासचिब मोहम्मद खालिद सिग्दिकीले प्रदेश २ सरकारबाट मुस्लिम समुदाय ठगिएको गुनासो गरेका हुन् ।
जमिअत उलमाए नेपालको केन्द्रीय समितीको बैठक केन्द्रीय अध्यक्ष मौलाना अव्दुल साजिद सिग्दीकीको अध्यक्षतामा सम्पन्न भएको हो ।
जमिअत उलमाए नेपालको ३ महिना भित्र चितवनमा हुने अधिवेशनको पुर्व तयारी तथा प्रदेश नम्बर २ सरकारलार्इ मुस्लिम समुदायको मुद्धाहरुमा ध्यानाकर्षण गराउन रौतहटमा बैठक राखिएका बैठकमा सहभागी अगुवाईहरुले बताए ।