रौतहट, २७ कार्तिक ।
मंसिर १४ गते हुने उप निर्वाचनको लागी रौतहटको गढीमाइ नगरपालिका वडा नं. २ का अध्यक्ष पदका उम्मेदवारहरुले आज आ आफनो मनोनयन पत्र दर्ता गराएका छन् ।
नारा, जुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय समनपुर पगेका विभिन्न पार्टीका नेताहरुले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सतारुढ दल नेकपाबाट जवार मियांले मनानयन दर्ता गराएका छन भने मुख्य प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेसको तर्फबाट दिपेन श्रेष्ठले आफनो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै अर्का सताधारी दलका समाजवादी पार्टीका तर्फबाट गढीमाई नगरपालिका समनपुरका वडा नं.२ तत्कालिन स्वर्गीय अध्यक्षका सुपुत्र दिनेश दास आफनो मनोनयन दर्ता गराएका छ ।
मनोनयन दर्ता गराउन गएका उम्मेदवारहरुका साथमा उनका पार्टीबाट निर्वाचित भएका सांसद, प्रदेश सांसद, स्थानिय निर्वाचित जनप्रतिनिधी तथा पार्टीका जिल्लास्तरका नेताहरु समेत सहभागी भएका थिए ।