रौतहट, २७ कार्तिक ।
रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका तथा ईशनाथ नगरपालिकाको औरैया जोडने बाटो विग्रदा दिनानु दिन समस्या झेली रहेको सर्वसाधारणहरु भन्ने अब केही मात्रामा भए पनि राहत पाउने भएका छन् ।
ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय भए पछि स्थानियबासी समेत रहेका नन्दकिशोर गुप्ता आफै नगरका सबै समस्याहरु समाधानमा सक्रिय भुमिका देखाए झै बाटो मर्मत तथा सुचारुको कार्यमा लागेका छन् ।
नगरपालिका आए देखि नै नगरको विभिन्न विकास कार्य लगायत अन्य प्रशासनिक कार्य सुधारमा लागेका निमित प्रमुख गुप्ता गौर औरैया सडकखण्डको टिकुलियाघाटमा बाटो मर्मत गराउनमा व्यस्त देखिएका छन् ।
रौतहटको सदरमुकाम गौरबाट ५ किलो मिटरको दुरीमा रहेको ईशनाथ नगरपालिका औरैया पुग्न बाटो अभावका कारण करिब २० किलो मिटरको दुरी पार गर्ने कठिना सर्वसाधारणहरु खेपि रहेको देखेर आफुले बाटो मर्मत तथा सुचारुको कार्यमा लागेको निमित प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले बताए ।
आफुले राम्रो र दक्ष मेयर तथा लेखा शाखाका साथी पाएकोले नगर विकास कार्यमा सहयोगमा पुगेको प्रतिक्रिया दिनु भयो ।