२४ कात्तिक

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिने भएको छ।स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा जिल्ला अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि रेफर गर्ने तयारी भएको अस्पतालले जनाएको छ । केसी १७ औं चरणको अनसनका लागि डडेल्धुरा पुगेका थिए । उनी ७ दिनदेखि अनसनमा छन् । अनसनको ५औं दिन शुक्रबार उनलाई डडेल्धुरा अस्पतालमा लगिएको थियो। सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो।  केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले बताए। स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ। तर डा.केसीले स्लाइन चढाउन समेत मानेका थिएनन्। ’डडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष (आईसीयू) र एबिजी छैन,’ उनले भने, ‘यो सेवाका विज्ञ डाक्टरहरु पनि छैनन् ।’ जिल्ला अस्पताल डडेल्धुरामा ओपीडी, एक्सरे, भिडियो एक्सरे, सामान्य शल्यक्रियालगायतका सेवामात्र उपलब्ध छन् ।   केसीका मागको समर्थनमा डडेल्धुरामा दिनहुँजसो प्रदर्शन भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here