अष्ट्रेलिया, २४ कात्तिक । अस्ट्रेलियामा एक हप्तादेखि भइरहेका भीषण आगलागीमा परी ३ जनाको मृत्यु भएको छ । झाडीमा लागेको उक्त आगोका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार आइतबार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीहरूमा सय स्थानमा भन्दा बढी आगो लागेको देखिएको छ । हालसम्म आगोका कारण १ सय ५० घर पूर्ण रूपमा ध्वस्त हुँदा हजारौं मानिसहरू विस्थापित भएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आगलागी जारी रहेका दुई राज्यमा १३ सय अग्नी नियन्त्रक खटाइने बताएका छन् । सभार कोशी अनलाइन