आलम प्रकरण : सरकार र पिडित पक्षको तर्फबाट भईरहेको थुनछेक बहस आजको लागि सकियो ।
रौतहट, २२ कार्तिक ।
बम काण्डको आरोपमा पक्राउ परेका पुर्वमन्त्री एवम नेपाली कांग्रेसका सांसद एवं मोहमद आफताव आलमको थुन्छेक बहस दोस्रो दिन पनि जारी रह्यो ।
विहिवार दिउसो आलमको बयान सके लगतै शुरू भएको थुन्छेक बहस शुक्रवार पनि जारी रह्यो । नेपाल सरकार र जाहेरबाला पक्षको बहस सकिएको छ ।
आईतबार प्रदेश सरकारले सावैजनिक दिएका कारण आईतबारबाट प्रतिवादी आलमको तर्फबाट हुने बहस सोमवार देखि शुरू हुने अदालतले जनाएको छ ।
हाल सम्म जिल्ला सरकारी वकील कार्यालय रौतहटका जिल्ला न्यायधिवक्ता खडिण्द्र राज कटुवाल सहित १२ जना कानून व्यवसायीले आलमको विपक्षमा बहस गरेका छन ।
पहिलो दिन बिहिबार ३ जना र दोस्रो दिन आज शुक्रबार ९ जनाले बहस गरेका थिए । महान्यायधिवक्ता कार्यालयका उप महान्यायधिवक्ता अर्जुन कोइराला, सह न्यायधिवक्ता सूर्य राज दहाल, पर्सा जिल्ला न्यायधिवक्ता रूद्र प्रसाद पंथी, रौतहट जिल्लाका सह न्यायधिवक्ता राम प्रसाद पंथी, वरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौला, वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य, अधिवक्ता गोविन्द शर्मा बंदी, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता शालिग्राम कार्की, अधिवक्ता मनीष कुमार श्रेष्ठ र अधिवक्ता पुष्पराज पौडेलको थुन्छेक बहस सकिएको आलमका कानून व्यवसायी आफताव आलमले जानकारी दिएका छन ।
आलमको पक्षमा बहस गर्ने ३४ कानून व्यवसायीहरुले सोमवार देखि आफ्नो क़ानूनी तर्क राखिने कानून व्यवसायी आलमले बताएका छन ।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचन अंतर्गत मतदानको पूर्व संध्या चैत्र २७ गते भएको बम विस्फोटमा घाइते भएका त्रिलोक प्रताप सिंह (पिंटू) तथा ओसी अख्तरलाइ ईटा भट्टामा जलाएको आरोपमा पूर्वमंत्री आलमलाई प्रहरी असोज २६ गते पक्राउ गरेको थियो ।