रौतहट, २१ कार्तिक ।
आउन लागेको मंसिरमा हुने उप चुनावको लागि रौतहटको समनपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
गढीमाई नगरपालिकाको वडा नं.२ का वडा अध्यक्षको मुत्यु पश्चात वडामा हुने उपचुनावका लागि निर्वाचनको कार्यक्रहरु सार्वजनिक गर्दै उक्त कार्यालय खोलिएको हो ।
रौतहटको गढीमाई नगरपालिकाको कार्यालयमै खोलिएको उक्त कार्यालयको उदघाटन बुधबार गरिएको र सो कार्यालयमा जिल्ला निर्वाचन अधिकृत छोटेलाल दास, गढीमाई नगरपालिकाका उपमेयर सभद्रा देवी, निमित प्रमुख प्रशासकिय अधिकृत सुबास ठाकुर, कार्यालयका नागेन्द्र यादव विभिन्न वडा कार्यालयका अध्यक्षहरुको सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here