१८, कात्तिक रासस |
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि पाँच लाख बराबरको घुस लिएको अभियोग लागेको छ । आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै सोमबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।