दाङ १९, कात्तिक । गएराती प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी विनोद विक्रम शाहले जानकारी दिए रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घटना भएपछि त्यसका चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए । स्थानीयका अनुसार गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन ।