file photo

नेपालगञ्ज, १९ कार्तिक।
सताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु फेरी प्रधानमन्त्री बन्ने दावी प्रस्तुत गर्नु भएको छ ।
बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ढिलोचाँडो आफु प्रधानमन्त्री बन्ने दावी गरे । ‘यहि मितिमा प्रधानमन्त्री बन्छु भन्ने छैन तर ढिलोचाँडो म प्रधानमन्त्री बन्छु’ उनले भने ।

उद्योग बाणिज्य संघको कार्यक्रममा पुगेका प्रचण्डले नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउने आफ्नो कार्य योजना रहेको बताए । हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने दावी गरे । नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने आश्वास पनि दिए ।
नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफुले प्रयास गर्ने बताए । नेपालगञ्जमा औधोगिक क्षेत्र विकासका लागि प्रदर्शनी केन्द्र बनाउन आफैँले छुट्याएको १० विगाहा जमिन खारेज भएको घटना प्रति आश्चर्य हुदैं आफू काठमाडौ फर्केलगत्तै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय सच्याउन लगाउने अध्यक्ष प्रचण्ड नेपालगञ्जबासीलाई आस्वस्त पनि गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here