काठमाडौं, १९ कार्तिक ।
उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रिसाउदैं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छोडन् निर्देशन दिएका छन्।
लामो समयदेखि उपप्रधानमन्त्री यादवको कार्यशैली नियालीरहेका प्रधानमन्त्रीले नयाँ विकल्प खोज्दैं पद छोडन निर्देशन दिएका हुन।
आफूले काम नगर्ने र जवाफदेहिता नभएका उपेन्द्र यादवले सरकारकै बिरोध गर्ने गरेकोले प्रधानमन्त्रीले उनको विकल्प खोज्ने तयारी गरेका हुन् । सरकारमै बसेर यहि सरकारको बिरोध गरेको र उपेन्द्र यादवले आफ्नो काम नगरेकोले उनलाई आफ्नो विकल्प खोज्न समेत प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ। यसबारे यादवले पनि छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकार नै छाड्न घुमाउरो पाराले निर्देशन दिएको स्रोतले बताएको छ । सरकारमा बसेर सरकारलाई नै असहयोग गरेको निष्कर्ष निकाल्दै यादव भारतीयहरूको डिजाइनमा चलेको जस्तो देखिने गरेकोले यस्तो निष्कर्षमा पुगेको स्रोत बताउँछ ।