रौतहट, १८ कार्तिक ।
रौतहट जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेको जानकारी साथ अदालत परिसरमा रहेको सांसद आलमले पहिले झै आज पनि संचारकर्मीहरुसंग आफु निर्दोष रहेको र आफुमाथि राजनिति प्रतिशोध साधिएको प्रतिक्रिया दिएका छन् ।
अदालतमा हाजिर भई निसकेको आलम संचारकर्मीहरुसंग पहिला त कुरा गर्न नै मानेन् । संचारकर्मीहरुले लगातार सोध्न थाले पछि आलमले आफुले पहिले दिएकै प्रतिक्रिया आफनो आज पनि रहेको र संविधानको ठाडो उल्लघन भएको समेत बताए ।
अन्य प्रतिक्रियाको हकमा आलमले समय आएपछि आफु तपाईसंचारकर्मीहरुलाई आफै सबैकुरा बताउने समेत थपे ।
सरकारी वकिल कार्यालयले आज आलममाथि रौतहट विस्फोट र घाइतेलाई जिउँदै जलाएर हत्या गरिएको प्रकरणमा उनी सहित १० जनालाई मुख्य अभियुक्त र एक जनालाई मतियार बनाएर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।