रौतहट, १७ कार्तिक ।
यमुनामाई गाउपालिका सरुअठाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद समशाद आलमले सबै धर्मको रक्षा र सम्मान गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।
छठ पर्वको शुभकामना दिन आफना गाउपालिका अन्र्तगत रहेका ५ वटैं वडाका छठघाटहरुमा पुगेका निमित प्रमुख आलमले आफु मुस्लिम धर्मावलमी भए पनि आफना लागि हिन्दु लगायतका अन्य धर्महरुले पनि त्यतिकै महत्व राख्ने बताउनु भयो ।
सबैको चार्डबार्डमा सबै गए पछि सबैसंगको प्रेम र माया एक आपसमा साटने अवसर प्राप्त हुनुका साथै आफना बर्षोका विछडिएका मित्र तथा बुर्जुगहरुबाट भेटघाट समेतको अवसर प्रदान हुने भएकोले आफु सबै घाटहरुमा गई शुभकामना बाटेको आलमले बताए ।
गाउपालिकाका पाच वटैं वडाहरुमा रहेका छठघाटहरुमा पुगेका निमित प्रमुख आलम सबै वडाका वडाअध्यक्षहरुसंग भेटघाट तथा भलाकुसारीका साथै शुभकामना आदान प्रदान गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here