काठमाण्डौं, १७ कार्तिक ।
दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ भने १२ जनाको उद्धार गरी अस्पताल पठाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमा देवी चेम्जोङ्गले जानकारी दिए ।
शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशी नदीमा आइतबार दिउँसो खसेको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।