रौतहट, १६ कार्तिक ।
लोक आस्थाको महापर्व छठको शनिबार साझ अस्ताउदो सुर्यलाई अर्घ दिई तराई–मधेस लगायत देशका विभिन्न स्थानहरुमा धुमाधामका साथ मनाईदैं छ ।
पर्व मनाउन रौतहटमा रहेका विभिन्न नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतका लागि झकिझकाउ पारिएको छ ।
शनिबार ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई तयार पार्ने गरेका छन ।
तयार पारीएका सबै प्रसादहरु लिई छठघाट सम्म आएका ब्रतालुहरु आज अस्ताउदो सुर्यलाई अर्क दिएका छन् । रौतहटका कतिपय घाटहरुमा ब्रतालुहरु रात्री समेत बस्ने गरेका छन् भने कतिपय घाटबाट ब्रतालुहरु अर्घ दिइ घर फर्केका छन् । आफ्ना घर फर्केका ब्रतालुहरु आफुहरुले मानेको भाकल पुरा भएको अवसपारी घरमा कोषीया थाप्ने गरेको पनि देखिन्छ ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन शनिबार साँझ एवं चौथो दिन आइतबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित पुगेपछि ब्रतालु एवं परिवारजनले सूर्यदेवलाई अर्घ दिएका थिए ।
बिहानीको अर्घ लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुनेछ । अन्तिम दुई दिन घाट भनिने नदी, पोखरी एवं नहर किनारमा दिपावलीझैं माहोल रहेको छ

पहिले तराई मधेशमा मात्रै मनाईने यो पर्व विगत करिब २० वर्ष देखि पहाडमा पनि मनाउन थालिएको छ ।