रौतहट, १६ कार्तिक ।
लोक आस्थाको महान पर्वछठको मुख्य दिन आज साँझ छठको अवसरमा रौतहटका जनप्रनितिधीहरुले छठ घाटमा गई आफना शुभचिन्तक एवम ब्रतालुहरुसँग भेटघाट गर्नुका साथै शुभकामना आदान प्रदान गरेका छन ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश नं २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज आफना निर्वाचन क्षेत्रका घाटहरु घाटमा निरीक्षण गर्दै शुभचिन्तक र ब्रतालुहरुसँग भेटघाट गर्नुका साथै शुभकामना आदान प्रदान गरेका छन ।

प्रदेश सांसद बाबुलाल साह पनि आफना क्षेत्रका छठ ब्रतालुहरुलाई घाटमै भेटि शुभकामना दिएका छन् ।

जिल्ला समन्बय समिति रौतहटका उपाअध्यक्ष रामबशिष्ठ राय यादव जिल्लाका विभिन्न छठघाटहरुमा गई ब्रतालुहरुलाई शुभकामना दिएका छन् ।

गरुडा नगरपालिका मेयर इन्नु राय यादव आफना नगरपालिकाका छठघाटहरुमा गई घाट निरिक्षण गर्नुका साथै ब्रतालुहरुसंग शुभकामना आदान प्रदान गरेका छन् ।

बृन्दावन नगरपालिका विश्रामपुरका मेयर रामस्नेही राय यादव आफना नगरपालिकाका छठघाटहरुमा गई छठिमईयाको दर्शन गर्नुका साथै ब्रतालुहरुसंग शुभकामना आदान प्रदान गरेका छन् ।

त्यस्तै देवाही गोनाही नगरपालिका मेयर धमेन्द्र पटेल पनि आफना नगर भित्रका छठघाटहरुमा गई शुभकामना आदान प्रदान गरेका छन् ।

राजपुर नगरपालिका मेयर शकिल अख्तर पनि आफना नगरक्षेत्र भित्रका छठघाटहरुमा गई शुभकामना दिएका छन् ।

मौलापुर नगरपालिकाका मेयर रिना साह पनि आफना नगरका छठघाटहरुमा गई ब्रतालुहरुलाई शुभकामना दिएका छन् ।

त्यस्तै कटहरहिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहा पनि आफना नगरक्षेत्र भित्र रहेका छठघाटहरुको निरिक्षण गरि ब्रतालुहरुलाई शुभकामना दिनु भएको छ ।

माधव नारायण नगरपालिकाका नगरप्रमुख विरेन्द्र प्रसाद यादव पनि आफना नगरभित्रका ब्रतालुहरुलाई छठघाटमै गई शुभकामना दिएका छन् ।

गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी पनि आफना नगरपालिकाका छठघाटहरुमा गई ब्रतालुहसंग शुभकामना साटासाट गरेको छन् ।

त्यस्तै गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव पनि आफना नगरका छठघाटहरुमा गई शुभकामना दिनु भएको छ ।

ईशनाथ नगरपालिकाका मेयर सन्तोष कुमार मेहता आज आफना नगरका विभिन्न छठघाटहरुमा गई ब्रतालुहरुलाई शुभकामना दिएका छन् ।

रौतहटमा रहेको २ गाउपालिका मध्ये यमुनामाई गाउपालिका सरुअठाका प्रमुख श्रीप्रसाद मुखिया पनि आफना गाउपालिका भित्रका छठघाटहरुमा गई घाट निरिक्षण गर्नुका साथै ब्रतालुहरुसंग शुभकामना आदान प्रदान गरेका छन् ।
हामी प्राप्त गरेका अनुसार प्रकाशन गरेका छौं ।