रौतहट, १५ कार्तिक ।
लोक आस्थाको पर्व छठ को आज दोस्रो दिन ‘खरना’ मनाइँदै छ ।
पहिलो दिन स्नानध्यान गरि खाएका बर्तालुहरु आज दिन भरि भोकै बसी आफनो देव घरलाई गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बस्छन् ।
साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँ छन् ।
रोटी बेलुकी तिर चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् ।
आजबाट खाएका ब्रतालुहरु अब निहार बसी भोली अर्थात पर्वको मुख्य दिन अस्ताउदो सुर्यलाई अर्क दिने छन् । आजबाट बर्त सम्पन्न नभए सम्म ब्रतालुहरु पानीसमेत नखाई बस्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here