रौतहट, १५ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शंकास्पद मोटरसाईकलहरु अनुसन्धान पश्चात आज गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने चोरी निकासी पैठारी तथा सिमावर्ती अपराध नियन्त्रण गर्ने अभियान अन्तर्गत विभिन्न मिति, समय र स्थानमा प्रहरी कार्यालयबाट खटिएको क्राईम इन्भेस्टिजेसन टिमले चेकजाँच गर्ने क्रममा कागज पत्र नभएका शंकास्पद विभिन्न कम्पनीका मोटरसाईकलहरु नियन्त्रणमा लिईएका थिए ।
नियन्त्रणमा लिएका १९ वटा मोटरसाईकलहरुको अंदाजी मुल्य रु१५ लाख ३० हजार रहेको र आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here