महेन्द्रनगर, १५ कार्तिक ।
नकटाझिल सडक खण्डमा बसको ठक्करबाट पूर्व सांसद रामलखन महतोको मृत्यु भएको छ ।
जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिलको विश्वकर्माचौकस्थित बसले ठक्कर दिँदा करिब ६० वर्षिया पूर्व सांसद महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार शुक्रवार दिउँसो करिव ३ बजे बसको ठक्करले गम्भीर घाइते भएको महतोलाई उपचारको लागि जनकपुर पठाएको थियो ।
प्रत्यक्षदर्शीकहरुका अनुसार ढल्केवरबाट जनकपुरतर्फ तिव्र गतिमा गइरहेको बा.५.ख ८८५ नम्बरको बसले साइकलमा सवार महतोलाई विश्वकर्माचौकमा बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करले टाउकोमा गम्भीर छोट लागेको महतोलाई तत्कालै उपचारको लागि एम्बुलेन्सबाट जनकपुर पठाएको र अस्पताल पुगेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
यता घटनापछि बस र चालकलाई ईलाका प्रहरी कार्यालय महन्द्रनगरले नियन्त्रणमा लिएको छ । उक्त बस भ्रमणमा आएको थियो । प्रत्यदर्शीका अनुसार बाटो क्रस गर्दै गर्दा महतोलाई बसले ठक्कर दिँदै फुटबल जस्तै उडाएको थियो । बसको चालक अगाडीको माथिल्लो सिसामा महतोको टाउँको ठोकिएको र कपाल समेत सिमामै टाँसिएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ भुचक्रपुर(धुमासन) निवासी पूर्व सांसद महतो हाल धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा बस्दै आएका थिए । मृतक महतो महेन्द्रनगरमा होमियोपैथिक क्लिनिक समेत संचालन गर्दै आएका थिए । वि.सं. २०५१ सालको मध्यावधी चुनावमा तत्कालिन धनुषा निर्वाचन क्षेत्र नं. ५ बाट सांसद पदमा महतो एमालेबाट चुनाव जितेका थिए ।