रौतहट, १५कात्तिक ।
नेकपा इशनाथ नगर कमिटीका अध्यक्ष मोहन मेहताले सम्पूर्ण नगरवासीबासीलाई निर्धकपूर्वक भयमुक्तवातावरणमा छठ पर्व मनाउन आग्रह गरेका छन् ।
विगतका वर्षहरुमा विभिन्नपर्व र धर्मको आडमा सम्प्रदायिक बखेडा खडा गरी समाजिक सदभावमा खललपूर्याउने तत्वआफै परास्तहुदै जाने भन्दै संयमित तरीकाले छठ पर्व हर्षोउल्लासका साथ सम्पन्न हुनेमा आफु विस्वस्त रहेको मेहताले बताए । पछिल्लो केहि दिनयता ईशनाथनगरपालिकाको वडा नं.५ मा समाजवादी पार्टीका नेता किरण साह निकट केहि व्यक्तिहरुले साहको उकसाहटमा सो वडा लगायत नगर क्षेत्रमा समाजिक सदभाव खललपुर्याई राजनितिलाभलिन खोजेको आरोप लगाउदै सो बारे आफुहरु स्थानियप्रशासनलाई जानकारी गराई सकेको र सो सम्बन्धमा सम्पूर्ण नगरबासी चनाखो रहेको त्यस किसिमको कुनै पनि दुस्प्रयासलाई आफुहरु निरुतसाहित बनाउन सक्षम रहेको दावी नगर अध्यक्ष मेहताको रहेको छ ।
वर्तमानको अवस्थामा जनतालाई विभिन्न किसिमको डर धम्की देखाउनुको सट्टा विकास निर्माणमा जुटि जनताको विस्वास जित्नु नै सरल र सहजतरिका हुने मेहताको धारणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here