रौतहट, १५ कार्तिक ।
छठ पर्वको अवसरमा राजदेवी नगरपालिका वडा नंबर ८ बेलबिछवाको छठघाटलाई सरसफाई गरिएको छ।
राजदेवी नगरपालिका स्थीत प्रहरी चौकी बेलबिछवाको आयोजनामा सामुदाय, प्रहरी, साझेदारी अंतर्गत राखिएको छठ घाट सरसफाई कार्यक्रम प्रहरी चौकी बेलबिछवा, सशस्त्र प्रहरी बल नेपाल बी ओ पी बेलबिछवा, राजदेवी नगरपालिका र स्थानीय हरु द्वारा संयुक्त रूपमा सरसफाई गरिएको हो।
उक्त सरसफाई कार्यक्रममा राजदेवी नगरपालिकाको नगरप्रमुख धीरेन्द्र कुमार सिंह, राजदेवी नगरपालिकाका स्वास्थ्य तथा सरसफाई संयोजक एवं सूचना अधिकारी सचिदानंद कुमार सिंह, समाजिक अभियंता नविन कुमार सिंह, इंदल सिंह लगायत को सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here