file photo

काठमाडौं, ८ कार्तिक ।
बलात्कार आरोपको मुद्दामा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको फाईल सरकारी वकिलको हातमा पुगेको छ । संघिय संसदकी कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अनुसन्धान गरी प्रतिवेदन काठमाडौं महानगरीय प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्नेछ।
प्रहरीले बुझाएको प्रतिवेदनमा महरालाई मुलुकी अपराध संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसुरमा कैद र जरिवाना सजाय माग गरिएको छ । महरा सभामुखको सरकारी निवास बालुवाटारबाट असोज १९ गते पक्राउ परेका थिए। असोज १२ गते यौन दुव्र्यवहार गरेको आरोप लागेपछि १४ गते उनले पदबाट राजीनामा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here