रौतहट, ८ कार्तिक ।
नेपाली काँग्रेसका नेता एवम सांसद मोहम्मद आफताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित रौतहटको सदरमुकाम गौरमा बृहद जनप्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।

नेपाली काँग्रेस रौतहटले आयोजना गरेको बृहद विरोध जनप्रर्दशनमा रौतहटका विभिन्न स्थानिय निकायहरुबाट नेपाली काँग्रेसका २० हजार भन्दा बढि नेता तथा कार्यकर्ताहरु सहभागी भएको तरुण रौतहटका सभापति नौशाद आलमले बताउनु भयो ।

आफ्ना नेता माथि लगाईएको झुठा मुद्दा खारेज गर, निर्दोष आलमलाई रिहा गर, सरकारी दमन बन्द गर, दुई तिहाईको दम देखाउन पाईर्दैन्, आफताब आलम निर्दोष हुन जस्ता नारा बोकेका पार्टीका नेता कार्यकर्ताहरुले भने आफना मुखमा सरकार विरुद्ध कालोपट्टी बाधि सदरमुकाम गौर परिक्रमा गरेको छन् ।
सरकारले आफना नेतालाई विना शर्त रिहाई नगरे यसबाट हुने गम्भीर दुर्घटनाको सम्पुर्ण जिम्मेबारी सरकार स्वयमले लिनु पर्ने धारणा नेपाली काँग्रेसका जिल्ला पदाधिकारी तथा नेताहरुले व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले जानकारी दिए । त्यस्तै नेपाल तरुण दलका रौतहट सभापति मोहमद नौशाद आलमले पनि संचारकर्मीहरुसंग प्रतिक्रिया दिदैं शुक्रबार हुने बृहद विरोध प्रर्दशन बारे जानकारी गराएका थिए ।

गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ ।