रौतहट, ८ कार्तिक ।
बमकाण्डका घाईतेलाई इटा भटठामा जलाएको आरोपमा पक्राउ परेका सासद आफताव आलम माथी अनुशन्धान गर्न पुन ८ दिनको म्याद थप गरिएको छ ।
रौतहट जिल्ला अदालतका न्यायधिश केशवराज पाण्डेको इजलासले म्यादथप गरेको हो।
म्याद थप्प पछि अदालत परिसरमा संचारकर्मीसंगको कुराकानीमा पूर्वमन्त्री आलमले आफुले कुनै गल्ती नगरेको र यस्तो किसिमको कुनै घटना नै आफनो गाउमा नघटेको प्रतिक्रिया दिदैं आफुलाई राजनिति प्रतिशोधका कारण विपक्षीहरुले जबरदस्ती फसाउन खोजेको आरोप लगाएका छन् ।
यस अघि आलम माथी अनुसन्धान गर्नका लागि पहिले ७ दिन र त्यस पछि ५ दिनको म्याद थप गरिएको थियो।