रौतहट, ५ कार्तिक ।
नेपाली काँग्रेस रौतहटका कोषाध्यक्ष रामश्रेष्ठ साहले रौतहटको राजपुर फरहदवामा कुनै किसिमको घटना न घटेको प्रतिक्रिया दिएका छन ।
पूर्वमन्त्री एवं रौतहट क्षेत्र नं.२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद मोहमद अफताब आलम माथि लगाइएको बमकाण्ड घटना नभएको दावी गर्नुभयो । कोषाध्यक्ष साहले “ विपक्षीहरुले सांसद आलमलाइ फसाउने षडयन्त्र गरेको समेत बताउनुभयो ।
साहले “ चुनावको अघिल्लो दिन चुनाव कार्यकालागि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहने तथा चुनावको लागि कर्मचारी पुगेको त्यस्तो समयमा बमकाण्ड हुनै नसक्ने ठोकुबा गरेका छन् ।
कोषाध्यक्ष साहका अनुसार सरुअठाका त्रिलोक प्रताप सिंह भने पिन्टु मृतक भनिएका व्यक्ति अपहरण, मानव बेचविखन मुद्धामा फरार रहेको र सोको पृष्टि समानित अदालत समेतले गरेकोले घटनामा सुनियोजित ढंगले आलमलाइ फसाउने षडयन्त्र रहेको दावी गरे।
यस्तै परोहा नगरपालिका मेयर शेख वकिलले राजपुरमा कुनै किसिमको बमकाण्ड घटना नभएको दावी गर्नुभयो । मेयर वकिलले “ सांसद आलमलाई षडयन्त्र गरी फसाइएको बताउनुभयो ।
चुनावको अघिल्लो दिन चुनावको मध्नजर सुरक्षाकर्मी व्यापक खटाइएको हुन्छ त्यस्तो समयमा यस्तो घटना हुन नसक्ने दोहरयाउनु भयो ।
मेयर वकिलका अनुसार “ सांसद आलमलाइ विपक्षीहरुले फसाउने चाल रहेको बताउदै र आलमले ईटाभठामा जिउदै मानिसलाइ मmोकेको कुरा गलत रहेको ठोकुवा गर्नुभयो । शेख वकिलले “ पटक पटक चुनाव जिती सांसद देखि मन्त्री पदसम्म पुगेका तथा नेपालमा भएको विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका आलम माथि यस्तो आरोप लगाउनु सरासर मmूठो तथा गलत रहेको बताउनु भयो ।
यस्तै राजपुर नगरपालिकाका मेयर सकिल अख्तरले परापूर्व देखि चुनाव जित्दै आइरहेकोले विपक्षीहरुले फसाएको आरोप लगाउनुभयो । मेयर अख्तरले “ चुनाव पूर्वदेखि जित्दै आएको कुरा सहन नसकी विपक्षीहरुले यस्तो घटनाको रुप दिइएको दावी गरे ।
राजपुर फरहदवामा भएको बम बाण्डमा सांसद आलमलाई असोज २६ गते घरबाट गौर आउने क्रममा प्रहरीले पक्राउ गरि पहिला ७ दिन र पछि ५ दिनको म्याद धमाए पछि आलम अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here