रौतहट,२३ असोज ।
गुजरा नगरपालिकाका मेयर प्रत्यासी तथा नेकपाका नगरकमिटि अध्यक्ष पलट चौधरीको एकलो छोरा शुवास चौधरीको मोटरसाईकल दुर्घटनामा परी अल्पायुमै भएको मृत्यु पछि पुरा गाँउबासी नै शोकमा परेको छन् ।
१६ वर्ष उमेर रहेका शुबासको शव परिक्षण पछी नारायणी अस्पताल बिरगंजबाट बिहीबार अपरान्ह गुजरा न.पा. ४ जंगलसैया स्थित उनको घर अगाडी एम्बुलेन्सबाट ल्याउँदा त्यहाँ रहेका सबैको आँखा रसाएको थियो । २ छोरी पछीको अध्यक्ष पलट चौधरीको एकलो छोरा शुवास चौधरीको गएराती बारागढी ५ स्थित बिधुत पोलमा मोटरसाईकल ठोकिएर भएको दुर्घटनामा ज्यान गएको थियो । मृतक चौधरीको जंगलसैया गाँउभन्दा पश्चिम रहेको लालबकैया नदीको किनारमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओढाएर पुर्ण सम्मानका साथ अन्तेष्टी गरीएको छ ।
मृतकलाई श्रद्धाजली दिन गएका नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले मृतआत्माको चिरशान्ती र शोकाकुल चौधरी परिवारमा धैर्य धारणको कामना गर्दै शुभासको निधनले सिंगौ पार्टीलाई अपुरणिय क्षतीभएको बताए । अन्तेष्टीमा लालबकैया नदि किनारमा सांसद साहका साथै उनका पत्नी तथा मौलापुर नगरका प्रमुख रिना कुुमारी साह, प्रदेश सांसद कुन्दन कुश्वाहा, प्रदेश कमिटि, जिल्ला कमिटि, नगरकमिटि तथा गाँउस्तरका नेता, कार्यकर्ता तथा सयौं गाँउलेहरुको सहभागिता रहेको थियो ।

Image may contain: one or more people, people standing and outdoor


घटना बारेको जानकारीमा गएराति ११ बजे बारागढि गाउँपालिका ५ सिंघासनीका सकु चौधरीको छोरा १७ वर्षिय सृजन चौधरीलाई पुर्याउन ना ३९ प २४४६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा शुवास चौधरी सहित तिन जना गएका थिए ।
तिव्र गतिमा रहेको मोटरसाइकल सिंघासनी गाउँछेउमा अनियन्त्रित भई विधुत पोलमा ठोक्किएर मोटरसाइकल चालक शुवासको घटनास्थलमै मृत्यु भएको थियो ।
पछाडी बसिरहेका गुजरा नगरपालिका ४ जंगलसहियाका १६ वर्षिय राहुल चौधरी र बारा सिंघासनीका सृजन चौधरीको अवस्था गम्भिर रहेकोले विरगंज स्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here