रौतहट, २२ असोज ।
विजयादशमी, शुभ दिपाली तथा छठ पर्वको शुभकामना आदान प्रदानको कार्य अहिले निरन्तर रुपमा जारी रहेको छ ।
नेपाली काँग्रेस रौतहटले जिल्लाका विभिन्न स्थानहरुमा आयोजना गर्दै आईरहेको शुभकामना आदान प्रदान कार्यक्रम आज रौतहटको यमुनामाई गाउपालिका अन्र्तगतको सरुअठामा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाली काँग्रेस रौतहटका सभापति एवम पुर्व सभाषद कृष्णा यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शुभकामना अदान प्रदान कार्यक्रममा जिल्ला तथा नगरस्तरका विभिन्न नेताहरुले आफनो तर्फबाट सबैलाई शुभकामना दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेको यादवले देशलाई बामले शंकटको घेरामा पारेको र यसबाट बचाउने कार्य नेपाली काँग्रेसले मात्र गर्न सक्ने भएकाले सबैलाई नयाँनौला कुराहरु त्याग गरि पुनः नेपाली काँग्रेसलाई नै रोज्न आग्रह गरेको छन् ।

यमु्नामाई गाउपालिकाका अध्यक्ष प्रत्यासी श्रीराम राय यादवले गाउपालिकालाई बामहरुले कब्जागरि भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाएका छन् ।
त्यस्तै नेपाली काँग्रेसका युवा नेता रणधिर सिंहले पार्टी भित्रको विवादलाई दुवै अग्रजपंक्तिहरुले मिलेर समाधान गरे रौतहटमा काँग्रेसबाहेक अरु कुनै पार्टी नै नरहने दावी गरे ।
कार्यक्रममा नेपाल विधार्थी संघका केन्द्रिय सदस्य फिरोज आलमले देशमा भ्रष्टाचार र बलात्कार गर्नेहरुको विगविगी भएको आरोप लगाए ।
सयौंको संख्यामा कार्यक्रम यमुनामाई गाउपालिकाका नेपाली काँग्रेसका संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा क्षेत्र नं. १ क का विधायक प्रत्यासी नागेन्द्र साहले देशलाई नेपाली काँग्रेसबाहेक कसैले पनि आम जनताको समस्या नबुझने बताए ।
सयौंको संख्यामा सहभागी रहेको नेता तथा कार्यकर्ताहरुको शुभकामना कार्यक्रमको शुरुवातमा विपीको फोटोमा माल्र्यापन तथा अबिर चढाईको थियो भने शहिदहरु प्रति मौन धारण गरिएको थियो । शुभकामना कार्यक्रम यमुनामाई गाउपालिकाका नेपाली काँग्रेसका संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।