काठमाडौं १९ असोज काठमाडौं संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले सो नाका पुग्ने बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत निरीक्षणको क्रममा नाका छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको हो ।  समितिकी सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिइन् । संसदीय समितिले सो सडक खण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको काम समेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ । सभापति खड्काले पुलहरुको डिजाईन समेत नभएबाट सरकार सो नाका खुलाउन गम्भीर नभएको बताइन् ।
समितिले सो नाकासँग जोडिएको बेनी–जोमसोम–कोरला सडक खण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्न पनि सरकारलाई निर्देश गरेको छ । स्थलगत भ्रमणका क्रममा समितिकी सभापति खडकाले सो सडक खण्ड निर्माणका लागि विष्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको  बताइन् । राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाइ छ । रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here