रौतहट, १७ असोज ।
रौतहटको दुर्गा भगवती शक्तिपीठ माता भगवती मन्दिर स्थापना भएको १०० बर्ष पूरा भएको छ ।
दुर्गा भगवती गाउपालिकाको मत्सरीमा अवस्थित मन्दिरको १०० वर्ष पुरा भएको अवसरमा मन्दिर समितिले आज मन्दिरको प्रांगनमा पत्रकार सम्मेलन गरिएको छ ।
बेलनेवतनको अवसर पारि आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्दिर समितिले मन्दिरको विभिन्न पक्ष तथा विकास र मन्दिर प्रतिको भक्तजनहरुको आशा र विश्वासबारे विस्तृतरुपमा जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनका विशिस्ट अतिथि प्रदेश नं.२ को भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्नो विधान बिकास कोषबाट मन्दिरमा पर्यटन प्रबर्द्धन प्रयोजनका लागि मन्दिर रु २५ लाख दिने घोषणा गरेका छन् ।
त्यस्तै दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले मन्दिरको भौतिक विकासको लागि रु ७ लाख योगदान गर्ने घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन लगतै आज परेको बेलनेवतन कार्यको शोभा बढाउन निकालीएको कलश यात्रामा स्थानिय युवाहरुको सहयोगमा ल्याइएको हेलिकप्टरबाट लगातार मन्दिर स्थल देखि बेलको रुख सम्म माथिबाट पुष्पको बर्षा गरिएको थियो ।

Image may contain: sky and nature


मन्दिर समितिका अध्यक्ष विनय कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी रुपमा रौतहट क्षेत्र नं.१ का सांसद अनिल कुमार झा, विशिष्ट अतिथि भौतिक पुर्वाधार मन्दिर डिम्पल झा, वडा अध्यक्ष डिके झा लगायतका अन्य गण्यमान व्यक्तिहरुको सहभागिता रहेको स्थानिय संचारकर्मी चंचल झाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here