रौतहट,१७ आशिन।
नेपाली काँग्रेसका सांसद मोहमद अफताव आलम हिन्दुहरुको महान चाड बिजया दशमीको कलश यात्रा कार्यक्रममा आम सर्बसाधारण जनतासंगै सहभागि भएका छन् ।
शान्ति र सद्भाव फैलाउनका लागि भन्दै मुस्लिम समुदायका नेता आलमले बिजया दशमीको कार्यक्रममा सहभागिता जनाउदैं धार्मिक सहिष्णुताको सन्देश दिएका हुन् ।

Image may contain: 12 people, crowd and outdoor

आफनै गाउमा आयोजित बेलनेवतन कार्यक्रमको कलम यात्रामा रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद आलमले नेपालमा रहेको शान्ति र सद्भावको संस्कार र महत्वलाई संसारभरि फैलाउनु पर्ने समेत बताएका छन् ।

नेता आलमले हिन्दु तथा मुस्लिम समुदायको बसोबास रहेको आफ्नो क्षेत्रमा सबै जनताहरुलाई धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश दिने गरी उदाहरणीय बन्न आग्रह गरेका छन् ।
विगतका दिनहरुमा भएको कमिकमजोरीलाई विर्सेर सबै हिन्दु मुस्लिमहरु भाई भाई बनेर हिडनु पर्ने आवश्यकता रहेको उनले बताए ।
कलश यात्रामा कन्याहरु, महिला तथा पुरुष भक्तजनहरु लगायत हजारौको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here