एजेन्सी १७ असोज । स्पेनबाट टर्की गइरहेको एक मालवाहक विमान युक्रेनको लभोभ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घ’टनाग्र’स्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनामा पाँचजनाको मृ’त्यु भएको छ । एन्टोनोभ एन–१२ नामक विमान लभोभमा अवतरण गर्ने क्रममा शुक्रवार बिहान राडारबाट गायब भएको थियो । टर्बोप्रप विमानमा सातजना कर्मचारी थिए अनि एकजनाले मालसामान निगरानी गरिरहेका थिए । स्पेनबाट टर्की जाने क्रममा तेल हाल्नका लागि विमान लभोभमा ओर्लिएको थियो। एयर ट्राफिकले विमान कर्मचारीसँग रेडियो सम्पर्क गुमाएको केही क्षणपछि उद्धारकर्ताहरूले विमानको खोजी शुरू गरेको युक्रेनका भौतिक निर्माणमन्त्री भ्लादिस्लाभ क्रीक्लीले बताए । विमान धावनमार्गभन्दा डेढ किलोमिटर पर भुइँमा बजारिएको अवस्थामा फेला परेको थियो । त्यसको ककपिट र पखेटा नराम्ररी क्षतिग्रस्त भएको थियो । उद्धारकर्ताहरूले विमानमा रहेका सबैलाई बाहिर निकालेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here