ओम प्रकाश यादव  ।
रौतहट १६ , असोज ।
बाढीले बगाएको ह्युम पाईप अझै लाग्न नसक्दा रौतहटको पश्चिमी भेग स्थित मेवा-शीतलपुर सडकखण्ड जिर्ण भएको कारण आवत जावत गर्न ठुलो कठिनाई भइरहेको छ । 
अविरल वार्षासँग गत असाढ २७, २८ गते आएको बाढीले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवाबाट पुर्वतिर शीतलपुर गाँउ जाने बाटोमा रहेको ह्युम पाईप बगाएको थियो । 
ह्युम पाईप बगाएको दुई महिनाभन्दा बढी दिन भइसके पनि अझै लाग्न नसक्दा ति बाटो भएर पैदल देखी लिएर सवारी साधनबाट यात्रा गर्न समस्या भइरहेको सर्वसाधारणले बताएका छन । 
एक त कच्ची बाटो रहेको र त्यसमा पनि ह्युम पाईप नै गाएब भएपछि अहिलो उक्त सडकमा ठुल ठुला खाल्डो भएको कारण जोखिम मोलेर यात्रा गर्नु परिरहेको स्थानीयहरुले गुनासो गरेका छन । 
बाटो मर्मत गर्न तिनै तहको सरकार मध्ये कसैले पनि चासो नदेखाकाले एक दिन ठुलो दुर्घटना हुन सक्ने सम्भावना रहेको बालदेव साहले बताए । 
फतुवा विजयपुर नगरपालिकाले पनि उक्त बाटो मर्मत गर्न अहिलेसम्म कुनै चासो नलिएको उनले बताए । 
फतुवा विजयपुर नगरपालिका भित्र पर्ने ति बाटो भएकोले तुरुन्त बाटो बनाएर आम नागरिकको दुर्घटना हुनबाट जोगाउन र जनजिवन सहज बनाउन स्थानीयहरुले नगरपालिकालाई आग्रह गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here