दाङ,१६ असोज ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार अजयबाबु सिबाकोटीको शुरक्षामा गम्भिर बन्न राज्यलाई आग्रह गरेका छन् ।

समाचार लेखेकै आधारमा पत्रकार सिबाकोटीलाई सुरक्षा चुनौति आएको भन्दै पोख्रेलले समाचारका विषयमा चित्त नबुझेमा अपनाउनु पर्ने बाटो खुला हुँदा हुँदै सुरक्षा चुनौती दिने तत्वको बिरोध गरेका छन् । महासंघका केन्द्रीय उपाध्यक्ष पोख्रेलले पत्रकार सिवाकोटीलाई सुरक्षा चुनौती दिने तत्वको निन्दा समेत गरेका छन ।

पत्रकार सिवाकोटीको सुरक्षाको सवालमा पत्रकार महासघले गम्भीर चासो प्रकट गरेको भन्दै पोख्रेलले उनको सुरक्षामा राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here