ललितपुरको १५, असोज । सुनाकोठीमा बस दुर्घटना भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस सुनोकाठीमा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यू भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । घटनास्थलमा महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाको टोली पुगिसकेको र घटनास्थलको मुचुल्का तयार पार्ने काम भैरहेको छ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक कार्कीलाई बसका चालकले व्याक गरेर मारेको प्रहरीको भनाई छ । स्थानीयले मृतकको लाशलाई उठाउन दिएका छैनन् । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।