पोखरा १३ असोज । नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङ्ग्रा भित्रने क्रम सुरु भएको छ । कास्कीको हेम्जामा तथा लेखनाथमा यतिबेला हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा तथा बझाङ जिल्लाबाट ल्याईएको भेडा च्याङ्ग्रा आईपुगेका छन् । यतिबेला भेडा च्याङ्ग्रा किन्नेको भिड लागिसकेको छ । ब्यापारीहरुले गत बर्षभन्दा यो बर्ष भेडा च्याङ्ग्राको मुल्य केही महङ्गो भएको बताएका छन् । बझाङबाट भेडा च्याङ्ग्रा पोखरा ल्याएका कर्णबहादुर बमले यो बर्ष बढीमा ३५ देखि ३६ हजार रुपैयाँ सम्म मुल्य पर्न गएको बताए । च्याङ्ग्राको मूल्य कर र विचौलियाको कारणले गर्दा महंगो हुन गएको उनले बताए । गण्डकी प्रदेश ल्याउनु भन्दा अघि निकै दुख पाइयो बाटोमा सरकारलाइ कर त तिरियो त्यसको बाबजुत , प्रहरी र िचौलियाहरुले समेत एउटा च्याङग्रा बापत एक हजार सम्म लिएू उनले भने । उनले बझाङको साईपाल हिमाल क्षेत्रबाट १ सय ५० भेडा च्याङ्ग्रा बिक्रीको लागी पोखरा ल्याएको बताए । बझाङमा खरिद गर्दा नै कम्तिमा २५ हजार ५ सय सम्म परेको उनको भनाई छ । ‘ठाँउ ठाँउमा भन्सार तिरियो पोखरा आएर पनि चरनक्षेत्रको पैसा दिए मेरो पारिश्रमिक पनि जाड्नै प¥यो’ उनले भने ‘सबै जोड्दा ३० देखी ३५ हजार त परिहाल्छ, हामीले पनि नाफा कै लागि काम गरेको हो’ ।
खसी बोकाको तुलनामा हिमाली भेगको भेडा च्याङ्ग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राको मासु खाने गरेको च्याङ्ग्रा खरिद गर्न आएका पोखरा नदिपुरका गुरु प्रसाद लामिछानेले बताए । लामिछानेले अघिल्लो बर्ष भन्दा यो बर्ष भेडा च्याङ्ग्राको भाउ महङ्गो भएको बताए । ‘ब्यापारीले च्याङ्ग्राको मुल्य ३० हजार भन्नुभएको छ, तौल २०÷२१ किलो भन्दा बढी लागेन, यो हिसावले पनि १५ सय रुपैँया किलो पर्न जान्छ’ उनले भने । त्यस्तै अर्का व्यापारी प्रेम प्रसाद दवादीका अनुसार प्रदेश सरकार, स्थानिय सरकार बाहेक प्रहरी र टोले गुण्डालाइ समेत पैसा तिर्न बाध्य भएको बताए ।ूआउदा बिचमा २ जना प्रहरी भेटिएपनि पैसा दिनैपर्ने, हामीले बुटवल सम्म त आवारा केटाहरुलाई पनि पैसा दियौं ू , २ किलोमिटर दुरि पार गर्न नपाउदै रोकेर ल्याउन नै दिएनन पैसा दिए मात्रै छाड्छन आवारा केटाहरुलाई मात्र ४ ठाँउमा पैसा दिईयो । उनले भने । प्रहरीले रोकेपछी ५ सय नदिई नहुने उनको भनाई छ । अर्का ब्यापारी पोषराज दवाडीले राज्यले युवालाई देशमा केही गर्न पर्छ भनेर बोल्दै हिडेपनि ब्यावहारमा लागु नभएको बताए । बिगत ४ बर्ष विदेशमा बसेर नेपाल आएर केही गरौ भनेर भेडा च्याङ्ग्राको ब्यापार गर्न लागेको तर ठाँउमा कर तिर्नुपर्ने, टोले गुन्डालाई पैसा दिनुपर्ने, प्रहरीलाई पैसा दिनुपर्ने कारणले आफु आत्तिएको बताए । ‘कर तिरेको रसिद, भेटेनरीको जाँचपास सबै हुदाहुदै पनि प्रहरीले तपाईहरुलाई मात्र दशैं आयो हामी छैन भन्दै रकम असुल्यो ू उनले भने ठाउँ ठाँउमा पैसा नदिदा ४ घण्टा सम्म गाडी रोकिदियो’ । यसरी गाडी रोक्दा एउटा मात्रै भेडा च्याङ्ग्रा म¥यो भने ३० हजार भन्दा बढी घाटा लाग्ने भएकोले बाध्यताले ५ सय देखी हजार रुपैँया तिरेर ल्याउनु परेको उनले बताए । यो समस्या दाङ्ग देखी बुटवल सम्म भोगेको उनले बताए । गण्डकी प्रदेश भित्र भने यस्तो समस्या नभएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here