पोखरा,७ असोज (रासस)
पोखराबाट आपूm अपहरणमा परेको भनेर नाटक गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पोखरा–११ को फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी गराउनु भएको छ ।   लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्यले पौडेलले अपहरणको नाटक गरेको रहस्य खुलेपछि पक्राउ गरिएको बताइएको छ । आपूm अपहरण परेको भनेर पौडेलले यही असोज ४ गते मध्याह्न १ः३० बजे प्रहरीलाई खबर गरेपछि निजको खोजतलास र अपहरणकारीलाई पक्राउका लागि प्रहरी परिचालन गरिएको थियो ।  असोज ५ गते उनले रुपन्देही जिल्लाका स्थानीय प्रहरीको सम्पर्कमा आएर अपहरणकारीले आपूmलाई छोडी गएको भारततर्फ बोलाएको जानकारी गराएका थिए । प्रहरीले पौडेललाई आफन्तको जिम्मामा लगाएर थप अनुसन्धान गर्दा उनको कसैले अपहरण नगरेको तर लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्य रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको हो ।    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here