तनहुँ, ४ असोज पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ पेट्रोल पम्प नजिकै लु १ ख ८००२ नम्बरको बसले शनिबार बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटना । दुर्घटनामा परी गोरखाको शहिद लखन गाउँपालिका वडा नं २ बस्ने २८ वर्षीय यामबहादुर थापाको मृत्यु भएको छ ।