पर्सा, २७ भदौ । वीरगञ्जबाट एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित ५ जना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगञ्ज–३१ वेलवा परसौनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सहित ५ जनालाई १ लाख रुपैयाँ घुसहित नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका–८ स्थित दिलिप होटलबाट शुक्रबार साँझ प्रधानाध्यापक सचिन्द्र कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य जमिल मियाँ र इलियाश मियाँलाई सेवाग्राहीसँग एक लाख घुसलिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको छ भन्ने सूचनाको आधारमा अख्त्यिारको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । टुडेपाटी