रौतहट भाद्र २४ । रौतहटको सदरमुकाम गौर प्रहरीले लागू औषध सहित एक जनालाइ पक्राउ गरेका छन । गौर नगरपालिका वडा नं १ स्थित मेनचौकबाट जिल्ला प्रहरी कार्यालयबाट गएको पिकेट डिउटी प्रहरी टोलीले शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल हिडी आउँदै गरेको जिल्ला रौतहट चन्द्रपुर नपा वडा नं ६ देउराली चौक बस्ने सुदर्शन तिमल्सिनाको छोरा वर्ष २६ को संजय तिमल्सिनालाई पक्राउ गरेको हो  चेकजाँच गर्ने क्रममा पक्राउ परेका तिमल्सिनाको कम्मरको भागमा र लगाएको निलो जिन्स पाईन्टको अगाडी र पछाडीको खल्तीबाट लागु औषध डाईजेल्याब एम्पुल थान ३३,फेनार्गन एम्पुल थान९३३, नोर्फिन एम्पुल थान ३३,नाईट्राभेट १० लेखिएको १ पत्तामा १५ र १ पत्तामा १२ गरी जम्मा २७ र एभिल ईन्जेक्सन १० मिलिको थान २ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here