नयाँदिल्ली । भारतको कश्मीरमा संविधानको धारा ३७० हटाएपछि आतंकवादी घटना गराउन लगातार प्रयासहरू भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश्मीरमा पाकिस्तानबाट घुसपैठ गर्न मुश्किल भएको छ ।नेपाल र भारतको खुला सिमानाको फाइदा लिएर आतंवादीहरूले नेपालको बाटो हुँदै भारत प्रवेश गरेर आतंकवादी घटना गराउने षड्यन्त्रमा लागेको समाचारमा उल्लेख छ ।यसलाई विशेष ध्यान दिँदै सबै सुरक्षा निकाय सक्रिय र सजग रहेको जनाइएको छ । भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् ।ती सात जना पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै वीरगञ्जसम्म आइपुगेको जनाइएको छ । दुबै देशका सुरक्षा निकाय कश्मीर घटनपछि उच्च सर्तकतामा छन् ।भारतीय सुरक्षा निकायले ती पाकिस्तानीहरूको सबै गतिविधि नजिकबाट हेरिरहेको जनाइएको छ ।ती सात जना पाकिस्तानी जसको गतिविधि शंकास्पद थियो उनीहरूको नाम जमील सुल्तान, खान वादा, गुल अमान, रहमत अली, अवल बट खान, अजमल खान र अल्लाह दोस्त खान रहेको उच्च सुरक्षा स्रोतलाई उल्लेख गरेर भारतीय सञ्चारमाध्यमहरूले समाचार दिएका छन् ।वीरगञ्ज आएपछि मुडली जामा मस्जिद, श्रीपुर मस्जिद, कास्मिया मस्जिद, मस्जिद अबरार, सखुआ परसौनी गाउँपालिकाका बिभिन्न मस्जिदको आसपासमा उनीहरूलाई देखिएको जनाइएको छ । उनीहरू अहिले नेपालमा भूमिगत भइसकेका छन् ।ती सात जना पाकिस्तानीहरू पर्सा र बारा जिल्लाका विभिन्न स्थानमा बसेर आफ्ना गतिविधिहरू गरिरहेको समाचारमा उल्लेख छ ।माहोल शान्त हुनेवित्तिकै उनीहरूले बोर्डर पार गरेर भारतका विभिन्न स्थानमा पुगेर आतंकवादी गतिविधि गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।भारतमा यी सात जना पाकिस्तानीका एजेण्ट र स्लीपिंग सेल्स जुनस्थानमा रेकी गरेका छन् त्यही स्थानमा आतंकवादी हमला गर्ने वा मुंबई हमला २६–११ जस्तै घटना दोहो¥याउन खोजेको जनाइएको छ ।उनीहरूले आक्रमणको कार्यक्रम दशैँ वा तिहारको आसपासम ागर्ने तयारी गरेको भारतीय सुरक्षा निकायले जनाएको छ ।शंकास्पद पाकिस्तानी व्यक्ति जमील सुल्तानले पाकिस्तानी पासपोर्ट नम्बर ५७२२५१७ बोकेका छन् । यो पासपोर्ट ०६ मई २०१९ मा जारी भएको थियो । यसको म्याद ०५ मई २०२४ सम्म रहेको छ ।खान वादाको पाकिस्तानी पासपोर्ट नम्बर १४७१६५९ सन् २०१६ फरवरीमा २१ मा जारी भएको थियो ।गुल अमानका पाकिस्तानी पासपोर्ट नंबर ५२३६२२८ रहेको छ । रहमत अलीको पाकिस्तानी पासपोर्ट नंबर ५३०२२३३ नम्बर रहेको भने भने अवल बट खानको पाकिस्तानी पासपोर्ट नंबर ५३०२१८८ रहेको छ ।अजमल खानको पाकिस्तानी पासपोर्ट नंबर १९१८९०९ रहेको छ । अल्लाह दोस्त खानको पाकिस्तानी पासपोर्ट नंबर ४३०९४४४ रहेको छ ।उनीहरूका बारेमा यति धेरै सूचना हुँदा पनि नेपालको सुरक्षा निकायले पक्राउ नगरेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले आश्चर्य व्यक्त गरेका छन् ।ती सात पाकिस्तानीलाई पक्राउ गरिएन भने भारतमा ठूलो क्षति पुर्याउन सक्ने जनाइएको छ । यो समूहले नेपालबाट प्लेन अपरहणसम्मको योजना बनाउन सक्ने भारतीय सुरक्षा स्रोतलाई उल्लेख गर्दै समाचारमा उल्लेख छ ।कंधार हवाई काण्डमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग आतंकवादीहरूले गरेका थिए । त्यसका मास्टर माइण्ड मसूद अजहर पाकिस्तानमा बस्दै आएका छन् । नेपालपाना