बारा २१ भदौ । बारामा एक जनाले साहुको कर्जा तिर्न नसकेपछि विष सेवन गरी आत्महत्या गरेका छन् ।कोल्हबी नगरपालिका – ३ प्रसौनाका अन्दाजी ४५ वर्षीय सतङ चौधरीले जितपुर सिमरा–१८ कुस्माडी नजिकै पसाह खोला किनारमा वियरसँग विष मिसाएर सेवन गरि आत्माहत्या गरेका हुन् ।सतङकाे शव शनिबार बिहान प्रहरीले भेटाएको छ ।मृतकका छिमेकीका अनुसार कलैयाका कुनै साहुसँग लिएको कर्जा तिर्न नसकेर अब म मर्दैछु भनी परिवारलाई सतङले शुक्रबार खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जनता समाचार