पर्सा, २१ भदौ । वीरगञ्ज महानगरपालिका–२ मा विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मिया पनि पक्राउ परेका छन्। उनलाई वीरगन्जमा शुक्रबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुई अभियुक्तमध्ये सम्साद आलम भने घटना भएलगत्तै पक्राउ परेका थिए। सहयोगी सम्साद आलमसँग मिलेर मजिदले तेजाब प्रहार गरेको खुलेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। शुक्रबार बिहान त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत मुस्कान साथीसँग विद्यालय जाँदै गर्दा वीरगन्ज–४ बिर्तामा रहेको गणेशमानोक नजिक एसिड आक्रमण भएको थियो। एसिडले मुस्कानको अनुहार, छाती र हात तथा कपडाहरु जलेको छ। उनको काठमाडौं उपचार भइरहेको छ।
थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here