भदौ ,१९ दाङमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु गएको छ। घोराही उपमहानगरपालिका १ सिमलताराकी ७ वर्षीया गोमा वलीलाई गराइच सर्पले डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सिमलताराका खिम बहादुर वलीकी छोरी गोमालाई बुधबार घरमै खेलिरहेको बेला सर्पले डसेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो, गोमाको उपचारको क्रममा विहीवार विहान पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताए। दुर्घटनामा ८ घाइते दाङको राप्ती गाउँपालिका १ को पाखापानीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। बुधबार बेलुकी दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रु घाइते भएका छन्। बुटवलदेखि दाङको तुलसीपुर जाँदै गरेको लु १ ख ८४५९ नम्बरको बस बुधबार बेलुकी पौने ८ बजे दुर्घटनामा परेको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये दुई जनालाई बढी चोट लागेका सामन्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य ६ जनाको दाङमै उपचार भैरहेको प्रहरीले बताएको छ । गम्भीर घाइते हुनेमा सल्यान बागचौर नगरपालिका १२ की १९ वर्षीया गीता केसी र लमही नगरपालिका १ की ४५ बर्षीया गीता कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बस सडकमा अत्यधिक खाल्डाखुल्डीका कारण अनियन्त्रित भइ पल्टिएको बताइएको छ। पछिल्लो समय देउखुरी क्षेत्रका राजमार्ग बिग्रिएकाले पर्याप्त मर्मत हुन नसक्दा दुर्घटना बढी रहेको छ। थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here